एकीकृत समाजवादीकी नेतृ रावल एमालेमै फर्किइन्

 नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा एमाले मा फर्किएकी छन्। 

नेतृ रावल संविधान सभाकी सदस्य हुन्।  नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी नेतृ रावलले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको बताइन्। उनले नेकपा एकीकृत समाजवादीको पनि भविष्य छैन भन्ने आफ्नो निष्कर्ष रहेको बताइन्। 

अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा पार्टीमा स्वागत गरे। 

मुख्य समाचार राजनीति समाचार