भोट माग्दै सत्ता गठबन्धनको संयुक्त अपिल, लोसपा र जनमोर्चाले हस्ताक्षर गरेनन् (पत्रसहित)

सत्ता गठबन्धनका तीन शीर्ष नेताले संयुक्त भोट मागेका छन्।

मंगलबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयुक्त पत्र सार्वजनिक गर्दै भोट मागेका हुन्। 

संयुक्त पत्रमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने उल्लेख छ। 

‘गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति आम नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको कुरा यहाँ महत्वका साथ स्मरण गर्नु आवश्यकता छ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गदै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहनेछ,’ संयुक्त अपीलमा भनिएको छ ।

देउवा, प्रचण्ड र नेपालले हस्ताक्षर गरेको उक्त प्रतिबद्धता पत्रमा गठबन्धन आवद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले भने हस्ताक्षर गरेका छैनन्। जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर एमालेसँग सहकार्य गर्न पुगेपछि लोसपा गठबन्धनमा सहभागी भएको थियो। 

मुख्य समाचार राजनीति समाचार