बागी उम्मेदवारी दिने जसपाका ४ नेता निष्काशित

सर्लाही : जनता समाजवादी पार्टी (जसपा) सर्लाहीले बागी उम्मेदवारी दिने पार्टीका ४ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।

पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्रकुमार रायले प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय कार्यकारिणी सदस्य रामनरेश राय, केन्द्रीय सदस्य राजेशकुमार यादव, गायत्रीदेवी साह, र मधेश प्रदेश समितिका सदस्य गंगा लामालाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका हुन्।

मधेश प्रदेश सरकारको पूर्वपर्यटन मन्त्रीसमेत रहेका रामनरेश रायले क्षेत्र २ (क), राजेशकुमार यादवले क्षेत्र २ (ख) गायत्रीदेवी साहले क्षेत्र ३ (ख) र गंगा लामाले क्षेत्र ३ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन्।

विज्ञप्तिमा ४ जना नेताले पार्टीको निर्णय, निर्देशन तथा हितविपरीत एमाले–जसपा गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाले कारबाहीस्वरुप पार्टीबाट निष्काशन गरेको उल्लेख गरिएको छ।

समाचार समाज