राप्ती बगरमा महिलाको शव भेटियो 

हेटौंडा । हेटौंडाको राप्ती खोलाको बगरमा एकजना महिलाको शव भेटिएको छ। हेटौडा १० राप्ती खोलाबगरमा अन्दाजी ५५/६० बर्षीया एक महिलाको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।
मंगलबार साँझ भेटिएको उक्त शवको हालसम्म शनाखत हुन नसकेको प्रहरीले जनाएको छ।शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ।शवको प्रकृति हेर्दा दुई दिन  दिन अघीकै हुनसक्ने जनाइएको छ।

समाचार समाज