आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

 बिहीबार पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। बुधबार खुवाउन छुटेका बालबालिकालाई बिहीबार खुवाउन लागिएको हो।

सरकारले कात्तिक २ र ३ गते  ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि वितरण गरेको हो।

करिब २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य  रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

समाचार समाज