भुस्याहा कुकुरले टोक्दा ३० भन्दा बढी मानिस घाइते 

पाल्पा : माथागढी गाउँपालिकामा भुस्याहा कुकुरले टोक्दा ३० भन्दा बढी मानिस घाइते भएका छन्। 

भुस्याहा कुकुरले टोक्दा गाउँपालिकाको वडा नं.१ चिदिपानी, २ रुप्से र ३ कसेनीका बासिन्दा घाइते भएका हुन्। 

कुकुरको आक्रमणमा पर्नेमा ५ वर्षदेखि करिब ६० वर्षसम्मका छन्। कुकुरले उनीहरूको टाउको, अनुहार, हात र गोडामा टोकेको छ।

वडा नम्बर १ का वडाध्यक्ष राजकुमार पन्थीले एउटै कुकुरले सबै मानिसलाई टोकेको बताए।  कुकुरले टोकेकामध्ये २० जनाले स्थानीय एक मेडिकलमा उपचार गरेका छन्र्न। अन्य घाइते जिल्लाको सदरमुकाममा तानसेनमा रहेका जिल्ला अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज पुगेका छन्।

धेरैलाई टोकेपछि त्यो कुकुरलाई मारिएको छ। कुकुरले यति धेरै मानिसलाई टोकेपछि अहिले ती ठाउँका मानिस आतंकित भएका छन्।

उनले घाइते सबैको गाउँपालिकाले निशुल्क उपचार गर्ने जानकारी दिए।

समाचार समाज