मानुषीको प्रशंसा गर्दै प्रचण्डले भने, बौद्धिक र डाइनामिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–७ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेकी मानुषी यमी भट्टराई बौद्धिक र डाइनामिक भन्दै  प्रशंसा गरेका छन्। उनले यमीमा बच्चा बेलादेखि नै समर्पित भएर लाग्ने गुण भएको बताएका हुन्।

यमी माओवादी केन्द्रको चुनाव चिह्न लिएर सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी हुन्। यमीलाई उम्मेदवार बनाउन नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले यो चुनावमा भाग नलिने घोषणा गरिसकेका छन्। 

काठमाडौं क्षेत्र नम्बर ७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा स्मरण गरेका हुन्।

‘मानुषी बौद्धिक, इनर्जेटिक र डाइनामिक मान्छे भएकाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ,’ प्रचण्डले सम्बोधनका क्रममा भने, ‘म बच्चैदेखि चिन्छु मानुषीलाई, उहाँमा समर्पित भएर मिहिनेत गरेर लाग्ने गुण छ भन्ने मैले बच्चैदेखि थाहा पाएको हुँ।’

उनी सहितको टिमले काठमाडौं–७ को विकासमा टेवा पुर्याउने दाबी गर्दै प्रचण्डले गठबन्धन अहिलेको आवश्यकता भएको जिकिर गरे।

गठबन्धन दलका विषयमा विभिन्न चर्चा भएको भन्दै कांग्रेससँग सहकार्यमा मात्र अहिलेसम्मका परिवर्तनहरु संभव भएको प्रचण्डको भनाइ छ।

मुख्य समाचार राजनीति समाचार