बागमतीमा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते 

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् । 

ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियो। मलामी गएर फर्केका बागमती ८ का रामबहादुर गोलेको मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख टेकबहादुर कार्कीले जानकारी दिए।

अटो चालक ​सिंहबहादुर योञ्जन, यात्रु वीर बहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन्। तीनैजना बागमती–८ निवासी हुन्।

शुक्रबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती–५  कोइलादमार चोकनजिक अटो दुर्घटना भएको हो । 

घाइतेको उपचार हेटौंडा–११ स्थित  चुरेहिल अस्पतालमा उपचार भइरहेको कार्कीले बताए। ट्रक इलाका प्रहरी कार्यालय फापरबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

समाचार समाज स्थानीय