निर्वाचन आयोगले हटायो निर्वाचन शिक्षासम्बन्धी भिडियो 

निर्वाचन आयोगले निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री सामाजिक सञ्जालबाट हटाएको छ ।

गुणस्तरीय सामाग्री तयार नगरिएको भनी आलोचना भएपछि आयोगले क्षमा माग्दै भिडियो सामग्री हटाएको हो ।

‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौं’ आयोगले लेखेको छ, ‘यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ ।’

समाचार समाज