जोडी दौड प्रतियोगितामा गोले दम्पती प्रथम,आकर्षणमा न्यौपाने जोडी



६ कार्तिक,मक्रान्चुली- मकवानपुरमा पहिलो पटक जोडी दौड प्रतियोगिता भएको छ । श्रीमानले आफ्नी श्रीमती बोकेर दौडिनु पर्ने प्रतियोगिता शनिबार मकवानपुरगढी गाउँपालिका वडा नं ५ को धादिङ खेल मैदानमा भएको हो ।

नेपालको पश्चिमी जिल्लाहरुमा हुने यस्ता प्रतियोगिता मकवानपुरमा भने पहिलो पटक श्री नव जागृत क्लबको आयोजनामा भएको हो ।  

शनिबार भएको जोडी दौड प्रतियोगितामा मकवानपुरगढी ५ निवासी पवन गोले र मेलिना गोले प्रथम भएका छन् । प्रथम भएसँगै उनीहरुले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा अमिर अधिकारी र बिनिता कार्की अधिकारी दोस्रो स्थान हात पार्दै नगद ५ हजार जित्न सफल भएका छन् । प्रतियोगितामा तेस्रो मकवानपुरगढी ६ का राजन चौलागाई र चण्डिका चौलागाई भएका छन् उनीहरुले नगद ३ हजार प्राप्त गरेका छन् । 

प्रतियोगितामा चार जोडी सान्त्वना भएका छन् । सान्त्वना हुनेमा वडा नम्बर ३ निवासी सुजाव पुडासैनी र सरिता पुडासैनी, वडा ५ का सन्तोष गौतम र पार्वती गौतम, रामबाबु न्यौपाने र सरस्वती न्यौपाने, अर्जुन न्यौपाने र दुर्गा दहाल न्यौपाने भएका छन् । उनीहरुले जनही एक-एक हजार प्राप्त गरेका छन् । प्रतियोगितामा जेष्ठ जोडीको रुपमा खडानन्द न्यौपानेको जोडीलाई पनि पुरस्कृत गरिएको थियो । 

प्रतियोगितामा ५१ जोडीले सहभागिता जनाएका थिए । क्लबका अध्यक्ष रामकुमार खड्काको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दहाल, कांग्रेस युवा नेता यतिराज सापकोटा, समाजसेवी इन्द्रप्रसाद संजेल,एक्लेटिथका एम्पायर राजाराम पोखरेल लगायतकाको आतिथ्यता रहेको थियो ।

भाइचारा, सम्बन्ध, स्नेह र पारिवारिक सामिप्यता एंव सुखद दाम्पत्य जीवनको उद्देश्य लिई पालिका स्तरिय जोडी दौड प्रतियोगिता गरिएको क्लबका अध्यक्ष रामकुमार खड्काले बताउनु भएको छ । प्रतियोगितामा श्रीमानले आफ्नी श्रीमतीलाई बोकेर ६० मिटर दौडिनुपर्ने खेलको नियम रहेको थियो । पहिला पटक प्रतियोगिता भएकोले उल्लेख्य रुपमा दर्शकहरुको सहभागिता रहेको थियो ।

खेलकुद मनोरञ्जन मुख्य समाचार रोचक समाचार समाज