यस्तो छ आजको मौसम

 आइतबार बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भाग र प्रदेश १ को तराई भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।

बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । यो क्षेत्रमा राति पनि प्रदेश हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मुख्य समाचार राजनीति समाचार