चित्रेपानी सामुदायिक वनको अध्यक्षमा घलान 

हेटौडा । हेटौडा–६ मा गौरीटारमा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सूर्य बहादुर घलान निर्विरोध चयन भएका छन्। समूहको शनिवार सम्पन्न भएको २१ औं वार्षिक साधारणसभाको बन्द सत्रले घलानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा घनप्रसाद सापकोटा,सचिवमा रजनी गौतम, कोषाध्यक्षमा ईन्दिरा जिम्बा, सहसचिवमा सविना विश्वकर्मा रहनु भएको छ ।त्यसैगरी सदस्यहरुमा तुल बहादुर लम्साल, देवी खड्का, गीता खत्री, हरिप्रसाद दाहाल, श्वेता लामा र सुनमाया थिङ रहेका छन् भने लेखा समितिको संयोजकमा भानुप्रताप बिडारी चयन भएका छन ।
हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा साधारणसभामा भएको थियो। १२७.५० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा ४ सय घरधुरी आवद्ध रहेका छन

समाचार समाज स्थानीय