रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज सर्वसाधारणका लागि खुला

भाइटीकाकै अवसरमा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बिहीबार सर्वसाधारणका लागि खुला हुँदैछ।

विशेषगरी दिदीबिहिनी नहुने र भएर पनि भेट हुन नपाएका दाजुभाइ भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर पुग्ने गर्छन्।दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वर महादेवको दर्शन गर्ने र त्यहाँ रहेका दिदीबहिनीको हातबाट टीका लगाउँछन्।

यस्तै विगतका वर्ष झैँ अञ्जली शाक्य (अञ्जली दिदी)ले पनि दाजुभाइ नहुनेहरूलाई काष्टमण्डपमा टीका लगाइदिँदैछिन्।

उनले २०५५ सालदेखि सार्वजनिक रूपमा टीका लगाउन थालेकी हुन्।

समाचार