एमालेकै मतले चुनाव जित्नेमा ढुक्क छु-कमल थापा

हेटौंडा : मंसिर ४ गते हुन लागेको निर्वाचनले कात्तिकको चिसो मौसममा पनि निर्वाचनको माहोल तातेको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार भइरहँदा यतिवेला धेरैको ध्यान मकवानपुरले पनि तानेको छ। पञ्चायतकालमा मकवानपुरमा पञ्चायतको पर्यायका रुपमा रहेका थापा अहिले एमालेको चुनाव चिह्न सूर्य लिएर चुनावी मैदानमा छन्।

राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकेर लामो समय राप्रपा अध्यक्ष बनेका थापा अहिले सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिएपछि चर्चामा छन्। 

कुनै वेला कम्युनिस्ट र कांग्रेसका कार्यकर्ता उनीसँग तर्सन्थे तर अहिले भने उनै थापा कहिले कांग्रेस त कहिले कम्युनिस्टसँग जोडिएर उनीहरूकै चुनाव चिह्न लिएर उम्मेदवार बनिरहँदा कतिपयलाई ताज्जुबसमेत लागेको छ।

०७४ सालमा कांग्रेसको समर्थनमा आफ्नै चुनाव चिह्न लिएर उनी निर्वाचनमा थिए तर सफल हुन सकेनन्। उनी अहिले सूर्य चिह्नसहित एमालेको सहयोगमा चुनावी मैदानमा छन्।

मकवानपुरमा पञ्चायतकालदेखि राजनीतिक इतिहास बनाएका थापा यति वेला आफ्नो इतिहास, सिद्धान्त र अस्तित्वलाई पाखा लगाएर चुनाव जित्ने होडमा दौडिएका छन्। मकवानपुर–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थापाको प्रतिष्पर्धा उनका पुराना सहकर्मी राप्रपाका दीपक सिंह र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासँग हुँदैछ।

मुख्य समाचार राजनीति समाचार