चौघडा स्थित धुर्ब राईको घरमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ 

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा-६ चौघडामा जुवा खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको छ ।

चौघडा स्थित धुर्ब राईको घरमा जुवा खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

कौडा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना पुरुष र घरबेटी १ जना पुरुष गरी जम्मा १८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।-khabarbreak

समाचार समाज