मकवानपुरको थाहामा कुटपिटबाट एक जना गम्भीर घाइते 

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा कुटपिटबाट एक जना गम्भीर घाइते भएका छन् ।

थाहा नगरपालिका–१२ झाप्रे  स्थित स्थानीय ३२ वर्षीय सोम गोलेले कुटपिट गर्दा अर्का स्थानीय ४७ वर्षीय जित बहादुर स्याङ्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति उनीहरुबिच झै–झगडा हुँदा कुटपिट भएको थियो । घाइते स्याङ्तानको टाउको र आँखामा चोट लागेको प्रवक्ता कार्कीले बताए ।

उनले घाइतेको ट्रमा सेन्टर काठमाडौं उपचार भइरहेको बताए । उनले कुटपिट गर्ने हाल फरार रहेको र खोजी कार्य भइरहेको समेत बताए ।-khabarbreak

समाचार समाज स्थानीय