गायक प्रकाश सपुतलाई पुत्रलाभ 

गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

दम्पतीको यो दोस्रो सन्तान हो । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए ।प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । 

मनोरञ्जन