कतारमा विश्वकप नजिकिएसँगै सयौं आप्रवासी कामदारलाई विदा दिँदै घर पठाइँदै

कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खालि गर्न दबाव दिइएको छ । कामदारलाई विदामा बस्न दबाव दिइएपछि विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानइि बासिन्दा र कामदारहरुले शनिबार बताएका छन् ।

नोभेम्बर २० देखि सुरु हुने प्रतियोगितासुरु हुनुभन्दा चार हप्ता अघि स्थानीय बासिन्दाका अनुसार बुधबार अबेर राति नगरपालिका कर्मचारी र सुरक्षा गार्डहरू करिब १२ वटा भवनमा पसेका थिए ।

सरकारले ती भवनहरु ‘बस्न अयोग्य’ भएको, उचित सूचना दिइएको र सबै विस्थापितका लागि ‘सुरक्षित र उपयुक्त आवास’ को विकल्प खोजिएको जनाएको छ ।

प्रभावित क्षेत्र, मुख्यतया अल–मन्सौराको आसपास, हालका वर्षहरूमा व्यापक रूपमा पुनः विकास गरिएको छ र केहि विश्व कप प्रशंसकहरू त्यस जिल्लाको अपार्टमेन्टमा बस्नेछन् । उक्त अपार्टमेन्टमा बस्दै कतारका भौतिक संरचना निर्माणका लागि काम गर्दै आएका दर्जनौं श्रमिकहरू सडकमा निकालिएका छन् ।

बङ्गलादेशी सवारी चालक युनुस शनिबार बिहानै अल मन्सुराको एउटा सडकमा ‘फ्ल्याट बेड’को ट्रकको पछाडि सुतेको उनले बताए ।

कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा बढी भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, फिलिपिन्स साथै अफ्रिकी मुलुक केन्या र युगान्डालगायत देशबाट आई कामको शिलशिलामा स्थायी तथा अस्थायी बसोबास गर्ने गरेका छन् ।

कतारले विश्वकपका लागि अधिकांश चम्किला नयाँ रङ्गशाला र यातायात पूर्वाधार निर्माण गर्ने विदेशी कामदारहरूको व्यवहारको बारेमा गहन जाँचको सामना गर्नुपरेको छ । यहाँ जबजस्ती विदामा बस्न लगाइएका कादारहरूले तलब नपाएको भन्दै ऊर्जाको धनी राज्यको आलोचना हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूले हालैका वर्षहरूमा स्थितिमा व्यापक सुधार भएको र कतारले आफ्नो सुधारलाई जोड दिएको बताएका छन्, तर अधिकार समूहहरूले अझै धेरै गर्न आवश्यक रहेको बताएका छन् ।-

अन्तराष्ट्रिय समाचार