एमालेका सयौँ नेता कार्यकर्ताहरूले गरे पार्टी परित्याग

नेकपा एमाले पर्साका सयौँ नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् । जसपासँगको गठबन्धनबाट असन्तुष्ट रहेका उनीहरूले  पार्टीको नेतृत्व पार्टीको मूल मर्म विपरीत गएको आरोप लगाउँदै  पार्टी परित्याग गरेका हुन् । मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज बाबुराम कौशिकको अध्यक्षतामा बसेको बैठकले आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा इमानदार तथा जनभावना बुझेका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय समेत गरेको छ । पार्टी परित्याग गरेकाहरूले स्वतन्त्र उम्मेदवार जिताऊ अभियान सञ्चालन समेत गर्ने भएका छन् ।  बैठकमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कदम रसूल, मधेस प्रदेश कमिटी सदस्य इस्लाम मिया हवारी, जोगिन्दर साह, जिल्ला कमिटी सदस्य सन्तोष कुमार श्रेष्ठलगायत उपस्थित रहेका थिए । 

मुख्य समाचार राजनीति समाचार