नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै 

 नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ।

होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

 रिजालका अनुसार घोषणा पत्रको सार्वजनिकरण केही नयाँ ढंगले हुदैछ। त्यसमा अध्यक्ष ओलीसँग लाइभ डिबेटको कार्यक्रम पनि राखिएको छ। अध्यक्ष ओलीले पनि आज घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको भन्दै आफू झापाबाट काठमाडौं फर्किएको सामाजिक सञ्जाललमा उल्लेख गरेका छन्। 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ। निर्वाचनलाई लक्षित गर्दै एमालले घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। 

मुख्य समाचार राजनीति समाचार