सरकारी स्रोतसाधन प्रयोग गरेर चुनाव प्रचारमा जान पाइँदैन : थपलिया

निर्वाचन आयोगले सरकारी स्रोत साधनको प्रयोग गरेर चुनाव प्रचार गर्न नपाइने बताएका छन्। 

निर्वाचन प्रचारप्रसारको प्रमुख चरण सुरु हुन लाग्दा पत्रकार सम्मेलन गर्दै आयोगले यस विषयमा प्रष्ट पारेको हो।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै पनि तहका सरकारको स्रोतसाधन प्रयोग गरेर चुनाव प्रचारमा जान नमिल्ने बताए। 

प्रधानमन्त्री, मन्त्री र प्रदेशका मन्त्रीहरू आयोगको अनुमति लिएर विभिन्न स्थानमा चुनाव प्रचारमा जान सक्ने भए पनि त्यसरी जाँदा सरकारी सुविधा लिन नपाइने थपलियाले बताए।

आयोगले बुधबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई नै सरकारी सुविधामा गृह जिल्ला डडेल्धुरा जान नमिल्ने पत्र पठाएको थियो। 

मुख्य समाचार राजनीति समाचार