हेटौँडामा देखिएको वाघ खोज्दै प्रहरी

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १ को भैरवडाँडा र डाङडुङ्गे क्षेत्रमा देखिएको दुईवटा डम्मरु सहितको बाघ खोज्नको लागि प्रहरी सहित बनको टोली परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला वन कार्यालयको संयुक्त टोलीले भैरव डाँडा क्षेत्रमा बाघको खोजी सुरु गरेको हो ।

हालसम्म बाघ फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । आफुहरुले मंगलबारबाटै बाघको खोजी गरेको कार्कीको भनाई छ । जंगल बाक्लो रहेकोले बाघ कहिँकतै गएर बसेको हुन सक्ने भएको हुँदा खोजीकार्यलाई तिब्रता दिएको उनले बताए । कार्कीले त्यस क्षेत्र सहित जंगल आसपासका गाउँका मानिसहरुलाई सतर्क भएर बस्नको लागि अनुरोध समेत गरेका छन् ।

समाचार समाज