केपी ओलीले मलाई हराउन १० करोड दिएर मान्छे खटाए : बिरोध खतिवडा

हेटौँडा । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य बिरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफुलाई चुनावमा हराउन १० करोड दिएर मान्छे खटाएको दाबी गरेका छन् । गठवन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नंबर–२ का उम्मेद्वार खतिवडाले आफु र माधव नेपाललाई हराउन केपीशर्मा ओलीले १० करोड दिएर मान्छे खटाएको दाबी गरेका हुन् ।

हेटौँडामा भएको चुनावीसभामा बोल्दै खतिवडाले भने ‘विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउँनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छ ।’, खतिवडाले भने,‘एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउँन लागेका छन् अरे।’खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जतिपनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको बताए । ‘पैसा बुझेर हराउँन लागेकाहरु मेरा गोप्य कुरा तथा कमजोरी पत्ता लगाउन खटिएका छन् भन्ने सुनेको छु ।’ खतिवडाले भने ।-khabarbreak

मुख्य समाचार राजनीति समाचार