निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मकवानपुरका जनप्रतिनिधिहरु

हेटौंडा । मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

निर्वाचन आयोगको आचारसंहिता उल्लंघन गर्दै जनप्रतिनिधिहरु आफ्नै स्थानीय तहमा सत्तागठबन्धनको चुनावी अभियानमा सक्रिय बनेका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, उपमेयर राजेश बाँनीया, मनहरीका अध्यक्ष रञ्जन कालाखेती, राक्सिराङका अध्यक्ष राजकुमार मल्ल, कैलाशका अध्यक्ष लोकमान मुक्तान, बागमतीका अध्यक्ष सर्केश घलान, बकैया अध्यक्ष धर्मराज लामिछाने, मकवानपुरगढीकी उपाध्यक्ष मान कुमारी पाख्रिन नेपाली लगाएत तथा स्थानीयका वडाध्यक्षहरु सत्ता गठबन्धनका उम्मेदवारको लागि मत माग्दै चुनावी कार्यक्रममा व्यस्त रहेका छन् ।

उनिहरुले सत्ता गठबन्धनको उम्मेदवारको लागि आफ्नो स्थानीय तह भित्रको चुनावी कार्यक्रममा भाषण गर्दै मत मागेको तस्वीर र भिडियोहरु सार्वजनिक हुँदा समेत जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यलयले कारबाहीको लागि कुनै प्रकिया अघि बढाएको देखिएको छैन् ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तहमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने जनाउँदै आएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचार प्रसारमा स्थानीय तहका पदाधिकारी लागेको पाइएमा कारबाही हुने जनाएपनि कारबाहीको लागि भने कुनै प्रकिया अघि बढाएको छैन् ।

मुख्य समाचार राजनीति समाचार