डेङ्गु सङ्क्रमणबाट पत्रकार अधिकारीको निधन

लमजुङ :  डेङ्गु सङ्क्रमणका कारण लमजुङका २३ वर्षीया चाँदनी अधिकारीको मृत्यु भएको छ। 

चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। 

सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन लगिएको थियो। 

डेङ्गु सङ्क्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

अधिकारी विगत डेढ वर्षदेखि लमजुङ सुन्दरबजार नगरपालिकास्थित रेडियो भोटेओडारमा कार्यरत थिइन्। 

र्मतक  अधिकारी प्रेस सेन्टर नेपाल लमजुङको सचिव, सञ्चारिका समूह लमजुङको सहसचिव थिइन्। 

मुख्य समाचार राजनीति समाचार