गगन थापा भन्छन्- अबको ५ वर्ष गठबन्धनको सरकार नै निरन्तर रहन्छ

नेपाली का‌ग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्ष नै गठबन्धनको सरकारलाई निरन्तरता दिने बताएका छन्। 

काठमाडौं क्षेत्र नम्बर ४ मा चुनावी  घरदैलाे अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले अबको पाँच वर्ष कांग्रेस,  माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सरकार निरन्तर रहने दाबी गरे। 

उनले स्थानीय तहमा पनि संयन्त्र बनाएर गठबन्धन गर्ने दाबी गरे। थापाले संविधानको रक्षा र शान्ति स्थापनार्थ गठबन्धन गर्नुपरेको बताए। उनले ९ बुँदे प्रतिवद्धतापत्रसहित घर दैलो कार्यक्रम शुरु गरेका छन्।

घरदैलो सुरु गर्नु अघि थापा काठमाडौंको चाबहिलस्थित गणेश मन्दिरमा पुजाआजाका लागि पुगेका थिए। 

थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका छन्। उनका प्रतिस्पर्धी एमालेका राजन भट्टराई छन्। 

मुख्य समाचार राजनीति समाचार