मकवानपुरमा निर्वाचनमा आचार संहित उल्लंघन गर्नेलाई कारबाही हुने 

हेटौंडा  । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका समयमा  मकवानपुरमा आचार संहित उल्लंघन गर्ने कारबाही गर्ने जनाइएको छ। बिहीबार बिहान निर्वाचन आयोग वागमती प्रदेश कार्यालय हेटौंंडको समन्वयमा सञ्चारकर्मीसँगको अभिमुखीकरणा कार्यक्रममा यसो बताइएको हो। 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशाशन कार्यालयले निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गरी आचारसंहिता उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने जनाएको हो।

पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै  मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले आचारसंहिता पालना गराउन आफूहरू योजनाका साथ अघि बढेको,उल्लंघन नहोस भनेर  सचेत गराइएको र त्यसो गर्दा पनि आचार संहित उल्लंघन गर्नेलाई कारबाही गरिने बताए।  निरौलाले निर्वाचन आयोगले आचार संहित उल्लंघनको अनुगमन समिति संयोजक बनाएकोमा  कोष तथा लेखा नियन्त्रकको कार्यालय मकवानपुरका प्रमुख रमेश अर्यालले  नेतृत्वमा आचारसंहिता अनुगमन समितिसमेत बनाइएको र अर्याल नेतृत्व टिमले जिल्लामा आचार संहित उल्लंघनको अनुगमन गर्ने कुरा सुनाए। 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निर्वाचनलाई स्वस्छ, निस्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्नका लागि आफूहरू लागिपरेको बताउँदै सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन्। कार्यक्रममा प्रदेश निर्वाचन आयोग हेटौंडा मकवानपुरका प्रमुख लुम्बनाथ पोखरेलले सञ्चारकर्मीलाई निर्वाचन आचार संहितका बारेमा सहजिकरण गरेका थिए।-prastakhabar

मुख्य समाचार राजनीति समाचार