मंसिर ४ पछि केपी ओलीकाे नेतृत्वमा राष्ट्रबादी सरकार बन्छ‘ कमल थापा



मकवानपुर । नेकपा एमाले मकवानपुर निर्बाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कमल थापाले एमाले अध्यक्ष केपी ओलीकाे नेतृत्वमा राष्ट्रबादी सरकार बन्ने बताएका छन् ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटीले हेटाैंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ मा पदमपाेखरीमा आयाेजना गरेकाे प्रचार प्रसार कार्यक्रममा बाेल्दै राप्रपा नेपालका अध्यक्ष रहेका थापाले निर्वाचन पछी ओलीकाे नेतृत्वमा राष्ट्रबादी सरकार बन्ने उद्घाेष समेत गरेका छन् ।

मकवानपुरकाे बिकासमा याेगदान दिँदै आएकाे एमाले र राप्रपा नेपाल एकै ठाऊमा उभिँदा मकवानपुरकाे बिकासले गति लिने भएकै कारण आफू सुर्य चिन्हबाट उम्मेदवार बनेकाे थापाले बताए । ‘मुलुकमा राजनैतिक स्थायित्वका लागि पनि राष्ट्रबादी शक्ती एकजुट हुनु आबश्यक रहेकाे छ’ थापाले भने ।

कार्यक्रमका प्रदेश सभाका उम्मेद्वार एकालाल श्रेष्ठले एमालेका उम्मेद्वारहरू जिल्लाकाे बिकासकाे संकल्प बाेकेर चुनाबी प्रतिस्पर्धामा आएकाे बताए । चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवार सहित एमालेका नेताहरू मतदाताकाे घरदैलाेमा पुग्दा दहि सगुन खुवाएर माला र खादाले स्वागत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डाेरमणि पाैडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठले पदमपाेखरीकाे बिकासका लागि एमालेकाे नेतृत्वमै सरकार बन्नुपर्ने बताएका छन् ।

मुख्य समाचार राजनीति