देशभर २५ जना कोरोना संक्रमित  

पछिल्लो २४ घन्टामा देशभर २५ जना कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा १ हजार ८४५ जनामा गरिएको परीक्षणमा २५ जना संक्रमित देखिएका हुन्। 

आज २८ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ५ सय ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। 

नेपालमा पछिल्लो समय कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ।

समाचार समाज