म प्रधानमन्त्री हुनसक्छु, सुरेन्द्र पाण्डे मुख्यमन्त्री-प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामि निर्वाचनपछि आफू प्रधानमन्त्री हुनसक्ने सम्भावना रहेको बताएका छन् । उनले गोरखमा चुनावी भाषणमा यस्तो बताएका हुन् ।उनले त्यहाँबाट प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे प्रदेशका मुख्यमन्त्री हुने सम्भावना पनि उत्तिकै रहेको बताएका छन् ।

उनले विकास र समृद्धिको सपना बोकेर आफू गोरखा आएको पनि बताएका छन् । आफूलाई जिताएर संसारलाई देखाउन पनि उनले मतदातासँग अपिल गरेका छन् ।‘सुरेन्द्र पाण्डेजी खाली प्रदेशसभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पूरै सम्भावना छ,’ उनले भनेका छन्, ‘मलाई सुरेन्द्रजीहरुले भन्ने गरेको जस्तै यो निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ ।’

मुख्य समाचार राजनीति समाचार