भिमफेदीमा ठकुरी मृत अवस्थामा भेटिए

मकवानपुरको भिमफेदी गाउँपालिकामा एक पुरुष मृत भेटिएका छन् ।

भिमफेदी गाउँपालिका वडा न.७ भण्डारखोप बस्ने ४० वर्षीय राज कुमार ठकुरी मृत अवस्थामा भेटिएक/ छन् ।

मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार ठकुरी घरदेखि करिब ५ सय मिटर दक्षिणतर्फ खहरे खोलाको छेउमा मृत अवस्थामा भेटिएको थियो ।

ठकुरीको के कारण मृत्यु भएको खुलेको छैन । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।

समाचार समाज स्थानीय