अध्यक्ष ओलीको सुझाव : खरानी पानीले ठूल्ठूला जुका पनि मर्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खरानी पानीले ठूलठूला जुका मर्ने दाबी गरेका छन्।

शनिबार प्रवासी नेपाली मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो बाल्यकाल स्मरण गर्दै पानीमा खरानी घोलेर खाएमा ठूलठूला जुका मर्ने दाबी गरेका हुन्। 

धनी राष्ट्रहरूको प्रदूषणले नेपाल जस्तो देश र यहाँका हिमालहरूलाई असर पुर्‍याइरहेको सन्दर्भमा उनले यस्तो बताएका हुन्। 

जसरी खरानीमा जुका मार्न सक्ने शक्ति रहेको हुन्छ त्यसरी नै धनी राष्ट्रहरूको प्रदूषणले नेपालमा प्रत्यक्ष असर पुर्‍याइरहेको उनको दाबी थियो।

‘हिमालमा हिउँ नअडिने, हिमाल कालो हुने कुरा हाम्रोभन्दा बाहिरका कारणले हो। हाम्रो छिमेकतिर गहुँ काटेपछि माथिमाथि गहुँ काटिन्छ अनि छ्वालीहरु डडाइन्छ,’ उनले भने, ‘त्यो सबै धुलो खरानी उडेर आउँछ र हिमालमा ठोकिन्छ। खरानी बनेको एसिडले हो। हामी सानो हुँदा पेटमा जुका परो भने खरानी घोलेर पानी पिउँथ्यौं। ठूलाठूला जुका त खरानी पानीले मथ्र्यो भने त्यो एसिडले हिउँ पगाल्दैन? कसरी रहन्छ हिमालमा हिउँ ?’

मुख्य समाचार राजनीति समाचार