कांग्रेसका उम्मेदवारलाई ‘बाटो खर्च’, देउवाले बाँडे सात करोड २२ लाख

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन् ।

प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाख र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हुन्। 

देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख  बाटो खर्च बाँडेका हुन्। 

अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत संकलन गर्न सक्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मुख्य समाचार राजनीति समाचार