हेटौंडा-१ भैरबडाँडा बस्ने २१ वर्षीय ईशक ढुंगानाको विष सेवनबाट मृत्यु 

हेटौंडा । मकवानपुरको हेटौंडामा विष सेवनबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा-१ भैरबडाँडा बस्ने २१ वर्षीय ईशक ढुंगाना रहेका छन् ।

गत कात्तिक १२ गते आफ्नै घरमा हाल नाम नखुलेको विषादी सेवन गर्दा बिरामी भएका ढुंगानाको हेटौंडा अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार शव हाल पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

समाचार समाज स्थानीय