मनहरीका मृगौला पिडित मोक्तानको आर्थिक अभावले उपचारमा समस्या



२१ कार्तिक,हेटौंडा- मनहरी गाँउपालिका वडा नं.– २ निवासी मृगौला पिडित बुद्धिमान मोक्तानको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । एक वर्ष अघि स्वास्थ्यमा समस्या आउन साथ परीक्षण गर्दा दुबै मृगौला फेल भएको पत्ता लाग्ना साथ भरतपुर र काठमाडौंमा उपचार गर्दा पनि कुनै सुधार नआए पछि हाल काठमाडौं स्थित काठमाण्डौं स्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।

हाल सम्मको उपचारमा १० लाख भन्दा बढी खर्च भइसकेको परिवार स्रोतले जनाएको छ । हाल पाटन अस्पतालमा डायलाइसिस गरिहेको मोक्तानको थप डायलाइसिस गर्न समेत आर्थिक अभाव भएको छ । मृगौला पिडीत मोक्तानले थप उपचारको लागि आर्थिक सहयोगको अपेक्षा समेत गरेका छन । उनको परिवारले देश विदेशमा रहेका सम्पुर्ण नेपाली र नेपाली भाषीहरुलाई सक्दो आर्थिक सहयोग गरि मृगौला पिडितलाई बचाइ दिन अपिल गरेका छन ।
अस्पताल स्रोतको अनुसार मोक्तानको मृगौला प्रत्यारोपन अनिवार्य रहेको र त्यसको २५ लाख रुपैयाँ लाग्ने जनाएको छ । सहयोग उपलब्ध गराउन चाहनेका लागि ९८४९४२०४५४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

अर्थ मुख्य समाचार स्वास्थ्य