सुनको मूल्य बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु। एक हजार चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु। ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु। ९५ हजार चार सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु। ९४ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु। ९३ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु। ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । 

अर्थ