कतार विश्वकप हुने यी ८ आकर्षक रंगशालाका विशेषता के के छन् ?  

विश्व फुटबललाई कतार विश्वकपको चटारो लागेको छ । 

कतारको दोहामा हुने विश्व फुटबलको महाकुम्भका लागि विभिन्न ८ रंगशाला तयार भएका छन् । तयारीको सवै काम सकिएको आयोजक कतारले बताएका छ । फिफाले ८ वटै खेल हुने रंगशालाबारे विस्तृत जानकारी दिएको छ । 

फाइनल खेल हुने लुसाइल रंगशालामा ८० हजार दर्शक अट्नेछन् । ८ मध्य सवैभन्दा ठुलो रंगशाला यही हो । 

फुटबलका खेलहरु हुने सबै रंगशाला पूर्ण एयर कन्डिसनयुक्त छन्। कतारमा नोभेम्बरमा २६ डिग्रि र डिसेम्बरमा २१ डिग्रि सेल्सियससम्म तापक्रम हुने गर्छ।

विश्वकप फुटबलको इतिहासमा कम संख्यामा रंगशाला प्रयोग हुन लागेका संस्करणमा कतार विश्वकप पनि पर्दैछ। यसअघि सन् १९७८ को विश्वकप आयोजना गर्न अर्जेन्टिनाले ६ वटा रंगशाला प्रयोग गरेको थियो। अघिल्लो रुस विश्वकपमा १२ वटा रंगशालामा प्रतियोगिताका खेलहरु आयोजना भएका थिए।

कतार विश्वकप आयोजना हुन लागेका ८ मध्ये ७ वटा रंगशाला नयाँ रहेका छन्। विश्वकपकै लागि ती रंगशाला बनाइएका हुन्। 

कतार विश्वकप इतिहासकै सबैभन्दा महँगो बन्दै छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार कतार विश्वकपको रंगशाला, राजमार्ग र होटललगायत पूर्वाधार निर्माणका लागि मात्र २ सय बिलियन डलर खर्च भएको उल्लेख गरेका छन्।  

कतार विश्वकपका सकारात्मक पक्षसँगै नकारात्मक पाटाको आलोचना पनि संभवत सवैभन्दा धेरै भईरहेको छ । आप्रवासी कामदारलाई कतारले गरेको व्यवहार विश्वभर आलोचनाको विषय बनेको छ । हिजो मात्रै तत्कालिन फिफा अध्यक्ष सेप ब्लाटरले कतारलाई विश्वकप आयोजना गर्ने अधिकार दिनु गल्ती भएको स्वीकार गरेका छन् ।-samachar dainik

अन्तराष्ट्रिय खेलकुद समाचार