जागरणमा आज बृहत रक्तदान कार्यक्रम हुँदै



२५ कार्तिक,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आज शुक्रबार रक्तदान कार्यक्रम हुन लागेको छ ।

संस्थाको २५ औं रजत वर्षको अवसरमा बृहत रक्तदान कार्यक्रम हुन लागेको हो ।

डेङ्गु संक्रमणको विशेष परिस्थितिमा बढ्दो रगत अभावलाई ध्यानमा राखी रक्त संचार केन्द्र,हेटौंडाको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । रक्तदान कार्यक्रम संस्थाको प्राङ्गणमा बिहान ७ बजेदेखि १० बजेसम्म हुने हुँदा सो कार्यक्रममा सहभागिता जनाउन उहाँले आग्रह गर्नुभएको छ ।

मुख्य समाचार समाज