हेटौंडाको सडक फराकिलो बनाएर बाइपास सडक पनि बनाउँछौं–डोरमणि पौडेल

हेटौंडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका नेता डोरमणि पौडेलले हेटौंडाको मुल सडक फराकिलो बनाएर बाइपास सडक पनि फराकिलो बनाउने वताउनु भएको छ । नेकपा एमालेका क्षेत्र नम्बर–१ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठको पाँच वर्षमा गरिने कामका प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उहाँले हेटौंडा बजार क्षेत्रको राजमार्गको सडक जतिनै फराकिलो बनाएर पनि भारी सवारीका साधनहरु बजार क्षेत्रबाट लैजान नमिल्ने वताउनुभयो । आफु मुख्यमन्त्री हुँदा हेटौंडाको बाइपास सडकका लागि करोडौं रुपैयाँ लगानी गरेको स्मरण गराउँदै उहाँले अब यो बाइपास सडक निर्माण गरेर मुल सडक पनि फराकिलो वताउनुपर्छ ।

एमालेको पालामा सुरु गरिएका विकासका काम अब जनप्रतिनिधीहरुले पुरा गर्ने वताउनुभयो । प्रतिनिधीसभा र प्रदेशसभाका सांसदहरु जितेर गएपछी विशेषगरी नीति निर्माण गर्ने र विकासका काम पनि आफ्नोपार्टीको नेतृतव्मा सरकारमा गएरपुरा गर्ने पौडेलले वताउनुभयो । गठवन्धन सरकार आएपछी सीटीइभीटी र गौरिटार रंगशाला निर्माणको काम सुस्त गतिमा अगाडि बढेको वताउनुभयो । हेटौंडाको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने कामको गति लिएको उहाँले वताउनुभयो ।

एमालेको जनपरिचालन समितिका यस क्षेत्रका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार एकालाल श्रेष्ठ, एमाले जिल्ला सचिवालय सदस्य तथा प्रचार विभागका प्रमुख धुर्व प्रसाद चौलागाई, इन्द्रप्रसाद नेपाल, मदन कुमार दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

राजनीति समाचार समाज