विश्वकपका लागि स्पेनको टोली घोषणा

२० नाेभेम्बरबाट कतारमा सुरू हुने फिफा विश्वकपका लागि स्पेनकाे टाेली घाेषणा भएकाे छ । मुख्य प्रशिक्षक लुइस एनरिकले शुक्रबार २६ सदस्यी टाेली घाेषणा गरेका हुन् ।

टाेलीमा सर्जियाे रामाेस, थियागाे जस्ता अनुभवी खेलाडीले स्थान बनाउँन नसक्दा पेड्री,पाउ टाेरेस जस्ता युवा प्रतिभा अटाएका छन् । त्यस्तै,अन्सु फातीले टाेलीमा पुनरागमन गरेका छन् । समूह ‘इ’ मा रहेकाे स्पेनले २३ नाेभेम्बरमा काेस्टारिकासँगकाे खेलबाट विश्वकपकाे सुरूवात गर्नेछ ।

समाचार