राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी रोहित पौडेललाई

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ ।

नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन् । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।

 नेपालले यूएईसँग कात्तिक २८ गते पहिलो, ३० गते दोस्रो र मंसिर २ गते तेस्रो खेल्नेछ ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भिम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल आलम, अर्जुन साउद र गुल्सन झा ।

खेलकुद मुख्य समाचार