बकैयामा खुर्पा प्रहारबाट न्यासुर घाइते

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा खुर्पा प्रहारबाट एक जना घाइते भएका छन्

शुक्रबार साँझ बकैया-१२ रातोमाटेमा स्थानीय २८ बुद्धिलाल न्यासुर र सोही ठाउँका स्थानीय २४ वर्षीय राजकुमार न्यासुरबीच विवाद तथा झै-झगडा हुँदा खुर्पा प्रहार भएको हो ।

सामान्य विवादमा बुद्धिलालले घरेलु हतियार खुर्पाले राजकुमारलाई प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले बुद्धिलाललाई नियन्त्रणमा लिएर टाउकोमा चोट लागेर घाइते भएका राजकुमारलाई हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।

समाचार समाज स्थानीय