भीमफेदीमा आगलागी हुँदा नगद ५० हजार, २ तोला सुनसहित ४ सय कुखुरा जलेर नष्ट

हेटौंडा । मकवानपुरको भीमफेदी-९ घडेरी बस्ने लाल बाबु प्रजाको काठले बनेको २ तल्ले कच्चि घरमा आगलागी भएको छ ।

बिहीबार राती प्रजाको घरमा एक्कासी आगलागी हुँदा घरमा रहेको नगद ५० हजार, २ तोला सुन र घरको तल्लो तलामा पालिएको ४ सय वटा कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार आगलागीमा प्रजाको छोरी १९ वर्षीया रेजिना प्रजा आगोले पोलेर घाइते भएको र उपचारको लागी किर्तीपुर अस्पताल पठाइएको छ ।

आगलागीबाट घर, अन्नपात, लत्ताकपडा र भाडावर्तन, सुन, नगद, पशुपन्छी समेत जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भयको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाचार समाज