सबैको चित्त बुझाएर सुकुम्बासी समस्या हल गर्छु : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का सुकुम्बासीको समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उनले बताए। नेता सिंहले भने “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ।”

  थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता नेता सिंहले जनाए। समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर काम गर्ने उनको प्रतिबद्धता छ।

सरकार र सुकुम्बासीलाई पनि हुने गरी जीत, जीतको मान्यता अनुसार समस्या समाधान गर्नेमा नेता सिंहको जोड थियो । मतदाताले सरकारी कार्यालयको कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले सरल र छिटोछरितो बनाउन पनि पहल गर्ने जानकारी गराए।

मुख्य समाचार राजनीति