विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छः उम्मेदवार थापा

मकवानपुर । पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले विदेशीको प्रेरणामा बनेको सत्ता गठबन्धन भन्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै थापाले भारतले नाकाबन्दी गर्दा त्यसको विरुद्ध डटेर लड्ने र विदेशीले कब्जा गरेको लिम्पियाधुरा चुच्चे नक्सा बनाउने ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका हुन् । थापाले भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने र विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरुले देशको हित नगर्ने र उनीहरु विदेशीकै प्रेरणामा गठबन्धनमा बाँधिएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई मेन्सन गर्दै थापाले भनेका छन्ः कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जागरेको लिम्पियाधुरा बिर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने (केपी शर्मा ओली) र विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ ।

मुख्य समाचार राजनीति समाचार