तोलामा १ हजार बढ्यो सुन

सुनचाँदीको भाउ उकालो लाग्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार र चाँदीको भाउ ३० रुपैयाँ बढेको छ।  शुक्रबार यता मात्रै सुनको भाउ २ हजार ८०० रुपैयाँ वृद्धि भएको छ। यसबीचमा सोमबार मात्रै सुन तोलामा १०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार सोमबार छापावाला सुन ९८ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ७०० र चाँदीको भाउ १ हजार ३२५ रुपैयाँ तोकिएको छ। 

हिजो सोमबार छापावाला सुन प्रति तोला ९७ हजार २०० रूपैयाँ, तेजावी सुन ९६ हजार ७०० रूपैयाँ र चाँदीको १ हजार २९५ रूपैयाँमा कारोबार भएको थियो।

अर्थ