मोती पत्रकारिता पुरस्कारको राशी ११ हजार १११ र कोष पाँच लाख पुर्याइने

झापा । नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित मोती पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी एक लाख एक हजार एक सय एघार रुपैयाँ पुर्याइने भएको छ । महासंघ झापाको हालै बिर्तामोडमा सम्पन्न साधाराणसभाले उक्त पुरस्कारको राशी वृद्धि गर्ने र अक्षयकोषको रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए । उक्त राशीको पुरस्कार महासंघको आगामी अधिवेशनबाट वितरण हुनेछ । एक लाख रुपैयाँमात्र अक्षयकोष रहेको सो पुरस्कारको राशी सुरुमा एक हजार रुपैयाँ थियो । ०७० सालबाट ५१ हजार रुपैयाँ राशी पुर्याइएको थियो । कोषको ब्याजले पुरस्कारको राशी नधान्ने अवस्था आएपछि महासंघको वर्तमान नेतृत्वले अक्षयकोष  वृद्धिमा जोड दिदै सो प्रस्ताव साधाराणसभामा पेश गरेको हो । सचिव डिकेश लामाले पेश गरेको सो सम्वन्धी प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको छ । महासंघ झापा शाखाले मोती पत्रकारिता पुरस्कारको अक्षयकोष वृद्धिका लागि आवश्यक रकम सहयोग गर्न इच्छुक पूर्वअध्यक्ष, सञ्चारकर्मी तथा दाताहरुलाई आग्रह गरेको छ । त्यस्तै महासंघद्धारा स्थापित केटो पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी रु। २५ हजार पाँच सय ५५ पुर्याउने समेत प्रस्ताव पारित भएको छ । कोष वृद्धिपछि सोही कोषमार्फत वितरण हुने गरी महासंघले तेस्रो पुरस्कार स्थापनाको प्रस्ताव पनि पारित गरेको छ ।  रु।२५ हजार पाँच सय ५५ राशीको  सक्रिय समावेशी पत्रकारिता पुरस्कार स्थापना गर्ने प्रस्ताव पारित भएको हो । आगामी अधिवेशनबाट सो पुरस्कार पनि नियमित वितरण हुनेछ ।

मुख्य समाचार समाचार समाज