गण्डकी प्रदेशका पूर्वाधार मन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्‍णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई पदबाट हटाएका छन्।

मंगलबार मुख्यमन्त्री पोखरेलले कार्य विभाजन हेरफेर गर्दै मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएका हुन्।

मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैंले हेर्ने गरी राखेका छन्। अर्थमन्त्रीमा रामजी बराल,युवा तथा खेलकुदमा राजीव गुरुङ छन्। त्यस्तै ,शिक्षा,संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकासमा मेखलाल श्रेष्ठ मन्त्री छन्।

गण्डकी प्रदेश प्रदेश समाचार समाचार