विद्यालयका शिक्षकदेखि क्याम्पस प्रमुखसम्मले गरे निर्वाचन आचारसंहिता उल्लंघन

निर्वाचन आयोगले धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसँग स्पष्टीकरण मागेको छ।

क्याम्पस प्रमुख  बस्नेतले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आएकाले स्पष्टीकरण मागेको आयोगले जनाएको छ।

आयोगले डडेलधुरा क्याम्पसका हेमा भट्टसँग पनि स्पष्टीकरण मागेको छ। भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकाले स्पष्टीकरण मागेको हो।

आयोगले रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका खिलराज सापकोटासँग पनि स्पष्टीकरण मागेको छ। सापकोटाले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी राष्ट्रिय सतर्कता केन्द्रमार्फत उजुरी आएपछि स्पष्टीकरण मागेको आयोगले जनाएको छ।

यस्तै मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदीसँग पनि आयोगले स्पष्टीकरण मागेको छ। सुवेदीले फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आएको आयोगले जनाएको छ।

यस्तै इन्द्रसरोवर गाउँपालिका ४ मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीसँग पनि आयोगले स्पष्टीकरण मागेको छ। निर्वाचन आचारसंहिताविपरीत उनी राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुस र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेको आयोगले जनाएको छ।

आयोगले जनज्योति आधारभूत प्राथमिक विद्यालयका सुनकोशी गाउँपालिका ५, सिन्धुलीका भुवन आचार्यसँग स्पष्टीकरण मागेको छ। निर्वाचन आचारसंहिता विपरीत आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनाव प्रचारप्रसार गरेको भनी राष्ट्रिय सतर्कता केन्द्रमार्फत उजुरी आएको भन्दै आयोगले उनीसँग  स्पष्टीकरण माग गरेको हो।

मुख्य समाचार राजनीति