हेटौंडा-१० राप्तीपुल नजिकै शंकास्पद वस्तु फेला 

हेटौंडा । मकवानपुरको हेटौंडा-१० राप्तीपुल नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

गएराती प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

डिएसपी कार्कीले फेला परेको शंकास्पद वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको बताए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आम निर्वाचन नजिकिँदै गर्दा शंकास्पद वस्तु देखा परेपछि सो क्षेत्रका स्थानीय त्रसित भएका थिए ।

आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

समाचार